काठमाडौँ, १७ फागुन । तनहुँमा तास खेलिरहेका आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार व्यास नगरपालिका–४, सिमलटारका ४१ वर्षीय कृष्णबहादुर क्षेत्रीसहितका व्यक्तिहरू पक्राउ परेका छन् ।
क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (फागुन १६) बेलुका उनीहरूलाई पक्राउ गरिएको हो । नगद ३६ हजार ३१० नेपाली रुपैयाँ, दुई हजार २५० भारु र २१३ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्