समाचार

बलात्कार आरोपमा एक जना पक्राउ



काठमाडौँ, १८ फागुन । डडेलधुरामा बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार डडेलधुराको आलिताल गाउँपालिका–७ का ५८ वर्षीय भोजबहादुर बोहरालाई पक्राउ गरेको हो ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार दिउँसो उनलाई पक्राउ गरिएको जानकारी गराएको छ ।

गएको असारमा भोजबहादुरले ती किशोरीको बलात्कार गरेको आरोप छ ।