दाङ, २७ फागुन । दाङमा प्रहरीले २९ किलो बढी चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आलु बोकेको बोराभित्र लुकाएर ओसार–पसार गर्न लागिरहेको अवस्थामा २९ किलो ६९५ ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
घोराही–होलेरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका -१३ बाह्रकुने दहनजिकबाट चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आलु बोकेको बोराभित्र लुकाएर चरेस ओसारपसार गर्न लागेको अवस्थामा लागुऔषध चरेससहित तीन जनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रुकुमपूर्व जिल्ला भुमे गाउँपालिका -२, खावाङ निवासी ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाउँ निवासी ५३ बर्षीय रुपधन घर्ती र सोही ठाउँ निवासी ६४ वर्षीय जुनबहादुर पुन छन् ।










प्रतिक्रिया दिनुहोस्