काठमाडौँ, २७ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरूले नेपालमा हिन्दुराजको आवश्यकताको चर्चा गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बत्ताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेको र नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने बताइ रहेप्रति उनले आपत्ति जनाएका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, “धार्मिक राज्य र हिन्दु राजाको सन्दर्भ, व्रिटिसहरुले भारतमा उपनिवेश चलाइरहदा ५५० भन्दा वढि रियासतहरुलाई आफ्नो अधिनमा राखेका थिए । तिनिहरुमा अधिकांशमा राजा, नवाव र महाराजाहरु थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती पनि थियो । सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए । कतिपयले अधिनस्थता अस्विकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो ।
अहिले कतिपय भारतिय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरु अस्तित्वमा रहेको वताउदै हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने वताई रहेका छन् । उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकी भारतिय सम्विधानले त्यसो गर्न दिदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र ?”










प्रतिक्रिया दिनुहोस्