काठमाडौँ, २९ फागुन । गुल्मी जिल्लामा कोदो उत्पादन बर्सेनि घट्दै गएको छ ।
जिल्लामा गत वर्षभन्दा यो वर्ष पनि उत्पादन कम भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा प्रत्येक वर्ष कोदोको क्षेत्रफल पनि घटिरहेको छ । क्षेत्रफलका आधारमा भने उत्पादनको गिरावट कम भएको छ ।
विगत ५ वर्षको तथ्याङ्क विश्लेषण गर्दा क्षेत्रफल घटेता पनि उत्पादन भने थोरै मात्र घटे्को देखिएको छ । जिल्लामा यस वर्ष २८३४ हेक्टर क्षेत्रफलमा ३५७० मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मी कृषि प्रसार अधिकृत शिवप्रसाद बञ्जाडेले बताए ।
गएको आर्थिक वर्ष ०८०/८१ मा २८८३ हेक्टर क्षेत्रफलमा ३६९० मेट्रिक टन कोदो उत्पादन भएको थियो । पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेती भन्दा अलि झन्झटिलो भएकोले यसप्रति कृषिकको आकर्षण घट्दै गएको बञ्जाडेले बताए ।










प्रतिक्रिया दिनुहोस्