समाचार

मुसा मार्ने विषादी सेवनबाट एक युवकको मृत्यु



डोटी, २९ फागुन । डोटीको केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवरको विषादी सेवनका कारण मृत्यु भएको छ ।

आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि सुजङ अस्पताल, राजपुर लगिएको भए पनि उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विषादी सेवनको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।