Banner News

समाजवादी मोर्चाको बैठक बस्दै



काठमाडौँ, १ चैत । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने छ । १५ गते काठमाडौँमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको हो ।

यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको छ । मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ ।