विराटनगर, १ चैत । कोसी प्रदेशका प्रमुख परशुराम खापुङले पाँचवटा विधेयक प्रमाणित गर्नुभएको छ ।
कोसी प्रदेशसभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गर्नुभई पेश हुन आएका पाँच विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमुख खापुङले हिजो प्रमाणीकरण गर्नुभएको हो ।
प्रमाणित गरिएका विधेयकहरुमा प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१, प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१, प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ रहेका छन्
प्रतिक्रिया दिनुहोस्