हेटौँडा, २ चैत । मकवानपुरको मनहरीस्थित लोथर खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मकवानपुर कैलाश गाउँपालिका-४ घर भई मनहरी गाउँपालिका-६ नयाँबस्तीमा आफन्तका बस्दै आएका ३१ वर्षीय ईन्द्रलाल मोक्तानको लोथर खोला दोभानमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते मोक्तानको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शुक्रबार मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्