काठमाडौं, ३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य ठहरीएका भएका प्रमुख आयुक्त लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
उनी स्वास्थ्य उपचारका लागि त्यसतर्फ लागेको बताइएपनि कहिले फर्कन्छन् भन्ने खुलेको छैन ।
विमानस्थलका डीआईजी गोविन्द निरौलाले दिएको जानकारी अनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे विमानस्थलबाट प्रस्थान गरेको नेपाल समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्