शैक्षिक

हनुमन्तेको ढल निर्माणको काम भोलीबाटै थाल्नुहोस,समस्या आए जनप्रतिनिधि आउँने छनः मेयर थापा



भक्तपुर,१४ भदौ । सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरु र हनुमन्ते ढल निर्माण आयोजनाका अधिकारीहरुबीच आज आयोजना अघि बढाउने विषयमा छलफल भयो ।

छलफलमा मेयर बासुदेब थापाले आयोजना भोलीबाटै अघि बढाउन निर्देशन दिए । मेयर थापाले भने–तपाईहरु तत्काल आयोजनाका अघि बढाउनुहोस, कही कतै समस्या आए समस्या फुकाउन हामी तत्पर हुनेछौ । जनप्रतिनिधिहरु आएपछि पहिलेको जस्तो काम गर्न समस्या नआउने वताउँदै थापाले भने काम अघि बढाउँदा जस्तो सुकै अड्चन आए पनि आफूहरु त्यसलाई हटाएर आयोजनाको काम सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

मेयर थापाले थपे– बाटो,पानी जस्तै ढल निर्माण पनि अत्यावश्यक भएकोले त्यो काम सम्पन्न गर्ने पर्ने भएकाले भोलीबाटै तपाईएहरु काम थाल्नुहोस्, जहाँ समस्या आउँछ त्यहाँ जनप्रतिनिधिहरु बोलाउँनुहोस ।
छलफलमा आयोजनाका अधिकारीहरुले सजिलो ठाउँबाट आफूहरुले काम थाल्ने वताउँदै छलफलमा उनीहरुले भने जनप्रतिनिधिहरु आएपछि हामी धेरै नै आशावादी भएका छौ ।
गएको चैत्र महिनाबाट थालनी गरेको आयोजनाको काम सम्पन्न बैशाख ९ गतेको समयसीमा छ । ६३ करोडको सो आयोजना निर्माणको काम ७ , ८ ठाउँबाट भएको छ । जगातीको च्यामासिहमाथिबाट शूरु हुने सो आयोजना बालकोट सम्म पुग्ने छ ।