राजनीति

मालवाहक रेल विराटनगर ल्याउने बाटो खुल्यो



विराटनगर, ७ चैत । सर्वोच्च अदालतले कटहरी–१ का केही किसानले दायर गरेको मुद्दा खारेज गरेपछि अब रेलमार्ग निर्माणको बाटो खुलेको हो ।

सर्वोच्च अदालतले गत असोज ७ मा खारेज गरेको मुद्दाको पूर्णपाठ केही साताअघि आएको छ । सरकारले २०६८ सालमै रेल स्टेसनका लागि अधिग्रहण गरिएको १ सय १९ बिघा जग्गामध्ये ५ बिघाको मुआब्जा विवादकै कारण रोकिएको थियो । किसानले मुआब्जा रकम अस्वीकार गर्दै पुनर्मूल्यांकनको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर अदालतले किसानको माग अस्वीकार गर्दै फैसला गरेपछि उनीहरू थप अन्योलमा छन् ।

रेलमार्ग निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदार कम्पनी इरकोन इन्टरनेसनलले अवरोधका कारण पटक–पटक काम रोकेको थियो ।