Banner News

पाँच ठाउँमा पहिरो खसेपछि नारायणगढ—मुग्लिन सडक खण्ड फेरी अवरुद्ध



चितवन, १५ भदौ । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ ।

चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत्र साना पहिरो रहेको उनले बताए । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवागमन सञ्चालनमा आउने थापाले बताए ।

पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ । आज बिहान ३ः३० बजेको हाराहारीमा ती ठाउँमा पहिरो खसेको प्रहरीको अनुमान छ ।