अर्थ

नेप्से परिसूचक ३०.५२ अंकले घट्यो



काठमाडौँ, ११ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३०.५२ अंकले बढेर २५४५.२० विन्दुमा बन्द भएको छ ।

आज नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । यस दिन चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आइतबार ६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ८३ करोड रुपैयाँले घटेको हो ।

आज २१० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३३ कम्पनीको सेयर मूल्य घटेको छ । गार्डेन माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.२९ प्रतिशतले वृद्धि भएर दुई हजार २६१ रुपैयाँ कायम भएको छ । आज पोखरा फाइनान्सको सेयर मूल्य ७.४७ प्रतिशतले वृद्धि भएको छ ।

आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.९२ प्रतिशतले घटेर ८०० रुपैयाँ कायम भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.०५ प्रतिशतले घटेर एक हजार ९१५ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूगत परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ ।