Banner News

सरकारको ‘विनाशकाले विपरीत बुद्धि’: शेखर कोइराला



काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

उनले सरकारको कामप्रति असन्तुष्टि जनाए । उनले लेखेका छन्– ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’