बाजुरा, १६ भदौ । बूढीनन्द नगरपालिका–७ बाजुराका वडा अध्यक्ष अशोक दानी खल्तीमा जन्मदर्ताका कागज र छाप बोकेर हिँडछन् । सेवाग्राहीको केही काम परे आपसी समझदारीमा कुनै ठाउँमा बस्छन् र काम गरिन्दिछ ।
स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएपछि उनको दैनिकी हो यो । कार्यालय कहाँ छ ? भनी प्रश्न गर्दा सेवाग्राहीकहाँ जाँदै गरेका उनले झोलाभित्रका कागजात देखाउँदै भने, ‘यही हो कार्यालय, काम परेकाले फोन गर्छन्, दौडेर त्यहीं जान्छु कार्यालय खोल्छु अनि सेवा दिन्छु ।’
वडाध्यक्ष दानी मात्र होइन, जिल्लाका अधिकांश जनप्रतिनिध कार्यालय अभावमा झोलामा कार्यालय राखेर काम गरिरहेका छन् । राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्