मकवानपुर, २० चैत । बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ ।
बुधबार दिउँसो १ बजे बस्ने छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने दलहरुबिच सहमति जुट्न ढिलाई हुँदा मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
विगतमा भएका सहमति कार्यान्वयनको विषयमा सरकार र विपक्षी दलहरुबिच विवाद रहेको छ ।
प्रतिक्रिया दिनुहोस्