भक्तपुर,१६ भदौ । सूर्यविनायक नगरपालिका ७ वडाको हेल्थ पोष्टमा आजबाट ल्याब संचालनमा आएको छ । वडा अध्यक्ष तथा स्वास्थ समितीका अध्यक्ष रबिन्द्र सापकोटाको अध्यक्षता र पुर्ब उधोग मन्त्री महेश बस्नेत र मेयर बासुदेव थापाको आतिथ्यमा आज एक कार्यक्रम गरेर हेल्थ पोष्टले ल्याब संचालनमा ल्याएको हो ।
कार्यक्रममा एमालेका युवा नेता बस्नेतले आफु गा बि स अध्यक्ष भएको बेलामा दु ख का बनाएको हेल्थ पोष्टले ल्याब सेवा सम्म सन्चालन गर्न लागेकोमा अत्यन्त खुसी प्रकट गर्दै आगामी दिनमा प्राथमिक स्वास्थ सेवा हुदै अस्पतालको रुपमा बिकाश गर्न लाग्ने कुरा बताउनु भयो । नगर प्रमुख बासुदेब थापाले नगरबासी नागरिकको स्वास्थ प्रति नगरपालिका गम्भीर भएर योजना बनाउदै छ नगरपालिका को सबै वडा स्वास्थ चौकीबाट स्तरिय सेवा प्रधान गर्ने र गरी नगरपालिका भित्र नगर अस्पताल स्थापना गर्ने कुरा बताउनु भयो ।
जनस्वास्थ जिल्ला प्रमुख केशब पण्डीत ले संबिधानले निर्देश गरेअनुसार स्वास्थ का सबै कार्यक्रम नगरपा लिका हुने हुदा जिल्ला को भूमिका समन्वयमा नै सिमीत हुने भए पनी आफ्ना अनुभव नगरपालिका मा मातहतका स्बास्थ चौकीका सेवा मा लगाउने बताउनु भयो।
वडा अध्यक्ष सापकोटाले भने स्वास्थ समितीको पहिलो बैठक बाट निर्णय भएको ल्याबसेवा नगरपालिका जनस्वास्थ्य कार्यालय भत्तपुर सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाणडौले करिब ७ लाख बराबरको ल्याब सामाग्री को योजना स्वीकृत गरेको र आफुले निर्णय २३ दिनमा स्वीकृत भएको आफ्नो पार्टीले निर्वाचन अधीबनाएको घोषणा पत्र करिब साठ्ठी प्रतिशत काम ३महिना मा गरिसके कुरा बत्ताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्