काठमाडौँ, २५ चैत । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा एक हप्तायता कायम रहेको प्रदूषण घट्ने र बढ्ने भइरहेको छ ।
हिजो दिउँसो केही कम भए पनि रातिदेखि प्रदूषण फेरि बढेको छ । हिजो काठमाडौँ उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ८० आसपासमा थियो । रातिदेखि फेरि दुई सयभन्दा माथि पुगेको छ ।
एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँगसम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् ।
यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरु अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरु बताउँछन् ।
वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।










प्रतिक्रिया दिनुहोस्