Banner News

प्रदेश नं २ मा पनि एमाले पहिलो पार्टी हुने दाबीः दोस्रो बनाएर देखाउन ओलीले दिए चुनौती



काठमाडौ,१६ भदौ। प्रदेश नं २ मा हुने स्थानिय तहको निर्वाचनमा एमालेलाई दोस्रो पार्टी बनाएर देखाउन अन्य दलहरुलाई एमालेका अध्यक्ष केपी ओलीले चुनैती दिएका छन् । एमाले प्रदेश संगठन कमिटी, प्रदेश नम्बर ४ ले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले एमालेलाई कसैले चाहेर पनि दोस्रो बनाउन नसक्ने दाबी गरे । अन्य दलको तुलनामा तराई लगायतका जिल्लामा एमालेले विकास निमार्ण सँगै जनताको मन जित्ने काम गरेकाले त्यहाँका जनताले पहिलो पार्टी बनाउने ओलीको दाबी छ ।

उनले प्रदेश नम्बर २ मा एमाले एक्लै चुनाब लड्न सक्षम रहेको पनि जानकारी गराएका छन् । उनले एमाले बिरुद्ध अन्य दलहरु मिलेर चुनाब लडे पनि आफूहरु फ्रि स्टाइलले चुनाब लड्न तयार बताए । उनले अन्य दलहरु मिलेर एमालेलाई चारै तिरबाट घेराबन्दि गर्न खोजिएको आरोप लगाए ।

स्थानियसँगै मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समेत एमाले बहुमतसहितको पहिलो पार्टी बन्ने जिकिर गरे । सरकार र निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन तर दुई चरणमा गर्ने निर्णय गरिसकेको बेला ओलीले प्रतिनीधि सभा र प्रदेश सभाको निर्बाचनमा एकै पटक गर्न नमान्नु भनेको सरकारमा रहेका दलले चुनाबमा धाधली गर्न नपाईने देखेपछि दुई चरणमा गर्न लागेको आरोप समेत लगाए ।