विश्व

अदालतमा विस्फोट, १२ जनाको मृत्यु



अफगानिस्तान, २५ माघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै आत्मघाती बम आक्रमणमा परी १२  जनाको मृत्यु भएको छ ।

अफगानी अधिकारीका अनुसार १२ जना घाइते भएको बताइएको छ । एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिवुल्लाह डेनिसले बताए ।

आक्रमणकारी पैदल अदालत परिसरमा प्रवेश गरेको र अदालतको गाडी पार्किङ क्षेत्रमा विस्फोट गराएको डेनिसले जानकारी दिए ।

घटनामा १२ जनाको मृत्यु भएको र झन्डै सोही सङ्ख्यामा घाइते भएको उनले पुष्टि गरेपनि यस घटनाकारे विस्तृत विवरण प्राप्त भैनसकेको उनले बताए । एएफपी