समाचार

एक महिला मृत फेला



सिरहा, ३ वैशाख । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहाकी दलित विवाहित महिला मंगलबार आफ्नै घरमा मृत फेला परेकी छन् ।

सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय दिउँसो झुन्डिएको अवस्थामा भेटिएकी हुन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।