समाचार

अफिमसहित एक जना पक्राउ



मकवानपुर, ७ वैशाख । पाँच किलो ९४० ग्राम अबैध लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् । तामाङलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट पक्राउ गरिएको हो । 

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई ५ किलो ९४० ग्राम परिणामको अफिमसहित नियन्त्रणमा लिएको हो । तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीन वटा प्याकेटमा ५ किलो ९४० ग्राम लागूऔषध अफिम फेला परेको प्रहरीले जनाएको छ ।