अर्थ

नेप्से परिसूचक ३२.३८ अङ्कले घट्यो  



काठमाडौँ, १० वैशाख । नेप्से परिसूचक ३२.३८ अङ्कले  घटेर २६५५.९४ विन्दुमा झरेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.८६ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मङ्गलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको हो । मङ्गलवार ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको थियो ।  

१३ उपसमूहमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा  म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको ०.३९ अङ्क बढेको छ। तर विकास वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, बैङ्क,बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेका छन् । 

नेप्सेमा गिरावट आएपनि आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।