जनकपुर, १३ वैशाख । आफूलाई अख्तियार र सीआईबीको कर्मचारी भएको बताएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर– ५ का ३३ वर्षीय रामभजन मण्डललाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मण्डलमाथि सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार उनले विशेषगरी प्रशासनिक तथा कानुनी मामिलामा सहयोग गरिदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्