राजनीति

प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान



काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश  प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ । 

बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक भ्रमण एवं द्विपक्षीय सम्बन्ध विस्तारका क्रममा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल टर्किस एयरलाइन्सको जहाजमा बेलायत प्रस्थान गरेको सूचना अधिकारी अच्युत कुइँकेलले बताएका छन् । उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहनेछ। 

प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा रजिस्ट्रार पौडेलसहित सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावल रहेका छन् ।