विश्व

ऊर्जा केन्द्रमा भएको आत्मघाती आक्रमणमा सातको मृत्यु



इराक, १७ भदौ । इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आत्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ ।

सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको यस आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका इराकी अधिकारी जानकारी दिएका छन ।

राजधानी बग्दादबाट करिब एक किलोमिटरमा उत्तरमा रहेको समार्रा क्षेत्रमा अवस्थित सो ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीहरुले सजिलै प्रवेश गरेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस आक्रमणमा परी सातको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका प्रहरीले पुष्टि गरेको छ । यस हमलामा आत्मघाती आक्रमण र गोली प्रहार समेत गरिएको बताइएको छ ।

खु्ट्टामा गोली लागेर अस्पताल भर्ना भएका ऊर्जा केन्द्रका एक कामदाका अनुसार स्थानीय समयानुसार शनिबार बिहान २ बजे गोली प्रहारको आवाजबाट आफू निन्द्राबाट उठेको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यस आक्रमणबाट कैयौँ ट्यांकर ट्रक क्षति भएको र आत्मघाती आक्रमणकारीहरु मध्ये एक भूइँमा लडेर रहेका समाचारदाताहरुले जानकारी दिएका छन् ।

इद उल अदा उत्सवको पहिलो दिनमा नै यो आक्रमण भएको छ । एएफपी