समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



पर्वत, २५ बैशाख । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।