काठमाडौं, २० भदौ । भ्रष्टाचारमा मुुछिएका नेताको उम्मेदवार बन्ने बाटो सदाका लागि बन्द गर्ने संसद् बैठकले सोबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक पारित गरेको छ ।
विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी गर्न बाटो खुलेको छ ।
भ्रष्टाचारमा सजाय भोगिसकेका व्यक्तिले चुनाव लड्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदले राखेको संशोधनका कारण उक्त विधेयक लामो समयदेखि संसद्को राज्यव्यवस्था समितिमा अड्किएको थियो । विधेयक ढिलो भए मंसिर १० गते निर्वाचन गर्न नसक्ने चेतावनी निर्वाचन आयोगले दिएलगात्तै संसद्ले त्यसको टुंगो लगाएको हो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्