राजनीति

जनबलमा माओवादी सत्तामा पुगेको प्रचण्डको जिकिर



काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको जिकिर गरेका छन् ।

शुक्रबारदेखि सुरु ‘जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान’अन्तर्गत शनिबार डोटीमा आयोजित सभामा उनले आफ्नो दललाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए ।

उनले भने, “हामीलाई तपाईं हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।”