समाचार

लुक्ला जाँदै गरेको समिट एयरको जहाजमा समस्या



काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ ।

आज बिहान ६ः१२ बजे काठमाडौँबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौँ फर्किएको हो । सो जहाज आकस्मिक अवतरण गराउने तयारी छ ।