सम्पादकीय

एक अर्काका फ्यान गगन र मनीषा



काठमाडौं, २१ भदौ । ‘तपाई जोडिएको यति राम्रो अभियानमा म पनि जोडिन पाएँ यसले मलाईृ धेरै खुसी दिएको छ । क्यान्सरको युद्ध जितेर अरुमा हाँसो थमाइरहनुभएकाे  छ । हाम्रो अभियानमा पनि तपाई हुनहुन्छ । यसले हामिलाई पनि राम्रो काम गर्न हौसला मिल्छ ।

कांग्रेस नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले यसरी मन्तव्य सुरु गर्दा नजिकै रहेकी बलिउड नायिका मनीषा कोइरालाको हँसिलो अनुहार झनै खुलेको थियो । मनीषाले आफू बोल्दा खुलेरै गगनको प्रंसा गरिन् ।

‘सबैभन्दा पहिले म गगनजीलाई धेरै धन्यवाद दिन चाहान्छु’, मनीषाले सुरुमै भनिन्,‘ तपाई स्वास्थ्यमन्त्री हुँदा यति राम्रो काम गर्नु भएको छ, त्यसको जति प्रशंसा गरे पनि कमै हुन्छ । स्वास्थ्य क्षेत्रको सुधारमा तपाईको भूमिका प्रशंसनीय छ । त्यसले मलाई खुसी दिन्छ ।’ मञ्चमा दुवै हात गालामा राखेर सोचिरहेका देखिने गगनको ध्यान मनीषाले खुलेर प्रशंसा गर्न थालेपछि भंग भयो । उनी फिस्स हाँसे ।

क्यान्सर केयर नेपालले डिम्बासयको क्यान्सरविरुद्ध जनचेतना फैलाउने अभियानअन्तर्गत सोमबार राजधानीमा कार्यक्रम आयोजना गरेको थियो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।