राजनीति

सुमनाको प्रश्न-मिटर ब्याज पीडितले न्याय कहिले पाउँछन् ?



काठमाडौँ, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितले कहिले न्याय पाउँछन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गौरीबहादुर कार्कीले दिएका सुझाव तथा तेजबहादुर कार्की नेतृत्वको आयोगले बनाएको कार्यविधि स्वीकृत गर्ने हो भने ८० प्रतिशत मिटर ब्याज पीडितका समस्या समाधान हुने बताइन् । 

उनले भनिन, ‘तर त्यसका लागि मानिस थुन्नुपर्‍यो,आफ्नो अर्को भन्नुभएन । तर अहिले पीडितलाई थप पीडित बनाइरहेको अवस्था छ’, ‘उनीहरूलाई कति आन्दोलन गराइरहने, आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नीति कस्तो हो ?’

‘यसअघिको आयोगलाई असहयोग गरियो,असफल बनाइयो,अहिले काम चलाऊ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको छ । पीडितले भेट्न जाँदा सिंहदरबारमा नो इन्ट्री भनियो’, श्रेष्ठको भनाइ छ । उनले मिटर व्याज पीडितलाई न्याय दिनै पर्ने पनि बताइन् ।