Banner News

तेस्रो चरणको निर्वाचनः १ सय ३६ स्थानीय तहमा आज उम्मेदवारी दर्ता



 

काठमाडौ,२१ भदौ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । प्रदेश दुईमा पर्ने आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज दुई गते हुन लागेको निर्वाचनमा ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि ५ साँझ ५ बजेसम्म आठ जिल्लामा उम्मेदवारी दर्ता हुनेछ ।

निर्वाचनमा महिला, दलित, अल्पसंख्यकलाई उम्मेदवारी शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि ४४ संस्थका दुई हजार भन्दा बढी पर्यवेक्षकलाई अनुमति दिएको छ ।

प्रदेश २ मा एक महानगरपालिका, ३ वटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् । निर्वाचन आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ ।