काठमाडौँ, २० जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्तिका लागि कार्यविधि बनाउने गृहकार्य थालेको छ ।
लिखित परीक्षाविनै पीएचडी गरेको र अन्तर्राष्ट्रिय जनरलमा आर्टिकल प्रकाशित गरेको आधारमा त्रिविले १०० जना उपप्राध्यापक स्थायी नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । तर सर्वोच्च अदालतले समेत त्रिविलाई खुला प्रतिस्पर्धामा असर पर्नेगरी कुनै पनि नियुक्ति प्रक्रिया नगर्न परमादेश जारी गरेको छ ।
आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष गोकुल लिम्बूले त्रिभुवन विश्वविद्यालयले फास्ट ट्र्याकको नाममा लिखित परीक्षाविना नै अन्तर्वार्ताको आधारमा १०० जनालाई उपप्राध्यापक बनाउन खोजेको आरोप लगाए । आफन्तलाई नियुक्ति गर्न यस्तो प्रक्रिया अपनाउन थालिएको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्