काठमाडौँ, २० जेठ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरे । उनले आफूले महानगरमा राम्रो काम गर्दागर्दै निलम्बन गरिएको गुनासो गरे ।
उनलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो । गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो ।










प्रतिक्रिया दिनुहोस्