सम्पादकीय

तालमेलको कुरा हल्ला मात्रै, दलहरु एक्लाएक्लै भिड्दै



काठमाडौं, २२ भदौ । स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरुबीचको महागठबन्धन बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रुपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघयी समाजवादी फोरम, फोरम  कतान्त्रिकलगायत दलहरुको गठबन्धन प्रयास भए पनि बुधबाारको उम्मेदवारी दर्तामा त्यो देखिएन ।

तीनवटा स्थानीय तहबाहे सबैमा दलहरुले आ आफ्ना उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस र माओवादी केन्द्र तथा सप्तरीको रुपनी गाउँपालिका राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । त्यसबाहेक अन्य स्थानका प्रमुख पदमा सबै दल उक्लाएक्लै भिड्दै छन् । कान्तिपुरमा समाचार छ ।