काठमाडौँ, २१ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता औँल्याएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले उपराष्ट्रपति यादवले जातीय भेदभाव र छुवाछूत उन्मूलनमा हरेक नागरिकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै भेदभावयुक्त विचारको विरोध, समावेशी समाजको निर्माण, समानता र न्यायका लागि आवाज बुलन्द गर्नु र छुवाछूत विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्नु हरेक नागरिकको दायित्व, कर्तव्य र भूमिका भएको बताए ।
उनले भनेका छन्, “जातीय भेदभाव तथा छुवाछूत, समाज र देशको विकासमा अवरोध सिर्जना गर्ने प्रमुख समस्या भएकाले संवैधानिक र कानुनी व्यवस्था, सामाजिक सचेतना र नागरिक सक्रियताको माध्यमबाट यसलाई उन्मूलन गर्न सबैको अग्रसरताको खाँचो छ ।”










प्रतिक्रिया दिनुहोस्