काठमाडौं, २२ भदौ । ८८ केजी सुन तस्करीमा संग्लनहरुको पहिचान गर्ने क्रममा नेपाल प्रहरीको महानगरिय अपराध अनुसन्धान महाशाखाले रसुवाको रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई पक्राउ गरेको छ ।
मंगलबार काठमाडौं ल्याइएका दुवै जनाले सुन बोकेर आएको गाडीलाई केरुङ नाका कटाउन र वारी ल्याउन सहयोग गरेको खुलेको छ ।
खड्का र तामाङले सुन तस्करी गरेको गाडीलाई केरुङ नाका पारी सुन लोड गर्ने ठाउँसम्मै पुर्याएका थिए कि थिएनन् भन्नेमा प्रहरीको अनुसन्धान केन्द्रित छ । महाशाखाका एसएसपी दिवेश लोहनीले गाडी लाने र ल्याउने क्रममा यी दुई जनाले उक्त गाडी चलाएको बताए । उनले भने, ‘बयान जारी छ ।’क
सुन तस्करीको अनुसन्धानका क्रममा महाशाखाले तीन दिनको बिचमा झण्डै ५० जनासँग सोधपुछ गरेको छ । सोधपुछमा प्रहरीले सुनका मालिक भनिएका चिनिया नागरिकसँग चिनजानमा रहेको चिनियाँदेखि ठमेलको काठमाडौं वन र जेङ जोउ होटलका कामदारसम्मलाई बयान लिएको छ ।कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्