काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेका हुन् ।
काफ्ले महानगरका सहायक प्रवक्ता पनि हुन् । उनले समितिबारे अनौपचारिक जानकारी पाए पनि अहिलेसम्म चिठी नपाएको बताए ।
महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा ४ बमोजिम जाँचबुझ समिति गठन गरिएको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्