समाचार

सवारी लाइसेन्स छपाई तीन दिन बन्द हुने



काठमाडौँ, २१ जेठ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ बन्द हुने भएको छ ।

छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले यही जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ ।