काठमाडौँ, २५ जेठ । काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध रामहिटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति साढे ११ बजेतिर टिप्परको ठक्करबाट नाम नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिप्पर चालक काभ्रे मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
चालकलाई मण्डनदेउपुरबाट आइतबार बिहान नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्