सम्पादकीय

रक्तचन्दन तस्कर नै सुन तस्करीमा



काठमाडौं, २३ भदौ । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समुह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाईएको छ ।  काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समुह केरुङ नाका हुँदै सुन भित्र्याउन सक्रिए देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार चीनबाट सुन पठाउने र केरुङ नाकाबाट काठमाडौंसम्म ल्याउन चिनियाँ नागरिकनै सक्रिय छन् । काठमाडौंमा भण्डारणमा समेत चिनियाँ नागरिक नै संलग्न रहेको र काठमाडौंको बजारमा तस्करीको सुन फैलाउन र भात पुर्याउन नेपाली नागरिक संलग्न रहेको प्रहरी स्रोतले जानकारी दियो । नागरिकमा समाचार छ ।