काठमाडौं, २३ भदौ । दशैंको मुखमा राजधानीका उच्चवर्गीयको प्रमुख बजार दरबारमार्गका पसल बिहीबार बन्द भए । आपूर्ति विभागले बुधबार थप पाँचवटा ब्रान्डेड स्टोरमा सिल गरेपछि विरोधमा व्यवसायीले आफ्ना पसल बन्द गरेका हुन् ।
दरबारमार्ग विकास बोर्डले विरोध आह्वान गरेको थियो । व्यवसायी श्री गुरुङका अनुसार दरबारमार्गमा दुई सयको हाराहारीमा पसल छन् । आपूर्तिमन्त्रीसहितको टोलीले सोमबार आठवटा स्टोरमा सिल गरे पनि व्यवसायी विरोधमा उत्रिएका थिएनन् । तर दोस्रो पटक सिल भएपछि विरोध भएको हो ।
कालोबजारी वा न्यून बीजकीकरणमार्फत राजस्व छली भएको आंका छ भने अनुन्धान गर्न कुनै अवरोध नगर्ने भन्दै दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति यसका लागि पसल सिल गर्न जरुरी नभएको बताउँछन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्