समाचार

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु  



काठमाडौँ, ३१ जेठ । बाग्लुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो बेलुका भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको हो ।

दुर्घटनामा जीप चालक २७ वर्षीय गोविन्द थापासहित १४ जना घाइते भएका छन्  । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ च १७७५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा चालकसहित १६ जना  रहेका थिए ।