राजनीति

पार्टीका नेताहरूमा आलोचनात्मक चेत र आत्मसमीक्षा गर्ने संस्कृतिको विकास हुनुपर्छ : ईश्वर पोखरेल



काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेताहरूमा आलोचनात्मक चेत हुनुपर्ने बताएका छन् ।

एमालेका केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘आफ्नै कथा आफ्नै व्यथा’ को होटेल ए वान प्यालेस काठमाडौंमा लोकार्पण गर्दै पोखरेलले आलोचनात्मक चेत भइरहेको बेलामा आत्मसमीक्षा गर्ने संस्कृति विकास गर्न आवश्यक रहेको धारणा राखेका हुन् । 

उनले एमाले विगतमा भएका कमजोरी सच्याउँदै अघि बढ्न हिम्मत गर्ने पार्टी भएकोले एमालेमाथि प्रहार भएको उल्लेख गरे । नेपाल भौगोलिक, जातीय र भाषिक विविधताको देश भएको बताउँदै उनले त्यसलाई सम्मान र सम्बोधन गर्ने कुरामा केही त्रुटि भएको भए एमाले सच्याएर अघि बढ्ने बताए ।

‘बाहिर भनेर हिँड्न पाइँदैनथ्यो, संगठन गर्नेहरू दण्डको भागिदार होइन्थ्यो, त्यसका विरुद्ध लडेर ल्याएको व्यवस्था हो यो’, उनले भने ।