हेटौँडा, ३१ जेठ । भ्रुण हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–१५ शिखरपानीकी २९ वर्षीया वसन्ती तामाङलाई ६ महिनाको भ्रुण हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
भ्रुण हत्या गरी कपडाले बेरी घर बाहिर रहेको प्लास्टिकको बाल्टीभित्र फालिएको कुरा स्थानीयबाट प्रहरीले जानकारी पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
महिलालाई रक्तस्राव भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकी महिलालाई प्रहरीले हेटौँडा अस्पतालमा उपचार गराइरहेको छ । वसन्तीका पति करिब २ वर्ष अघि रोजगारीका लागि विदेश गएका थिए । उनी घर फर्केका छैनन् ।










प्रतिक्रिया दिनुहोस्