सम्पादकीय

मुम्बई हमलाका दोषीलाई मृत्युदण्ड सजाय



काठमाडौं, २३ भदौ । भारतको एक अदालतले सन् १९९३ मा मुम्बईमा भएका श्रृखलाबद्ध बम हमलामा संलग्न रहेको आरोपमा दुईजनालाई मृत्युदण्को सजाय सुनएको छ । मुम्बइको अदालतले फरोज खान र गाहिर मर्नेन्टलाई बिहीबार मृत्युदण्ड सुनाएको हो । अदालतले उनीहरुलाई फौजदारी षड्यन्त्र र हत्याका लागि दोषी ठहर गरेको छ ।

आक्रमणका कर्आ दोषी रियाज सिद्दिकीलाई १० वर्ष जेल सजाय तोकिएको छ । आजभन्दा २५ वर्षअघि करिब एक दर्जन स्थानलाई लक्षित गरी भएका श्रृखलाबद्ध विस्फोटमा दुई सय ५७ जनाको ज्यान गएको थियो भने दर्जनौं मानिस घाइते भएका थिए । नयाँ पत्रिकामा समाचार छ ।