काठमाडौँ, ३ असार । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिकृयावादीहरु’ले माओवादीको बद्नाम गर्न दुई बुँदेको सहारा लिएको बताएका छन् ।
आज चितवन शिवनगरमा रहेको आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गरेर महत्त्वपूर्ण ऐन बनाउनका लागि संसद् खोल्नु परेको भन्दै सरकारसँग गरेको दुई बुँदे सहमतिको बचाउ गरेका छन् ।
उनले शेरा दरबार र अस्थायी शिविर प्रकरणमा मुछ्ने कुनै आधार नभेटेपछि ‘प्रतिकृयावादीहरु’ले माओवादीको बद्नाम गर्न दुई बुँदेको सहारा लिएको बताए । आफ्नै दलभित्रै पनि विषय नबुझेर चित्त दुखाइ सुरु भएको उनको भनाइ थियो ।
दाहालले भने, ‘संघीय निजामति ऐन र शिक्षा ऐनजस्ता महत्त्वपूर्ण ऐन आउँदैछन् । यस्तो अवस्थामा एक महिनाको समय दिएर संसद् खोल्न किन नहुने । बजेटका लागि त एक दिन सवैले खोलेकै हो ।’
उनले संसद् अवरोध होस भन्ने चाहना राख्ने सरकारभित्रै रहेको बताए । ‘दुई बुँदेभित्र छानबिनको कुरा, अध्ययनको कुरा र समिति बनाएर दोषीलाई कारबाही गर्ने कुरामा प्रतिबद्धता भएको छ । एक महिनाभित्र हुने कुरा छ यो । एक महिनाभित्र भएन भने पक्कै पनि यो कुरा छुट्दैन । किन भने अध्यागमन र भिजिट भिसाको समस्या अहिलेको सरकार र अहिलेको गृहमन्त्रीबाट सुरु भएको र यही खत्तम हुने वाला हैन यो । यसको गहिरो अध्ययन, छानबिन र सुधार नगररे छोडेर छोडिने कुरा छैन । अगाडि जान्छ जान्छ’, दाहालले भने ।










प्रतिक्रिया दिनुहोस्