समाचार

एक युवती मृत अवस्थामा फेला



काठमाडौँ, ९ असार । धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । 

प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। 

उनी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । मृत भेटिएको कोठाको ढोका बाहिरबाट ताल्चा लागेको अवस्थामा फेला परेको थियो । 

घटनास्थललाई सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।